कार्य सम्पादन प्रकृयाहरु

प्रकाशित मिति : 2022-03-24 02:41:57

  • सशस्त्र द्वन्द्वका पीडित समेत सरोकारवालाहरुबाट आयोगसमक्ष आयोगको पदावधि समाप्त हुनुभन्दा 6 महिना अघिसम्मको समयावधि दिई उजुरी वा सूचना दिन आह्‍वान गर्ने ।
  • प्राप्त उजुरी, निवेदन वा अन्य कुनै स्रोतबाट प्राप्त जानकारी सूचीकृत (दर्ता) गरी (विद्युतीय स्वरुपमा समेत) अभिलेखवद्ध गरी राख्‍ने ।
  • प्रारम्भिक छानविन गर्ने, गराउने ।
  • कानून वमोजिम तामेली सम्बन्धी निर्णय गर्ने ।
  • विस्तृत अनुसन्धानका क्रममा कुनै व्यक्तिलाई आयोगसमक्ष उपस्थित गराई जानकारी लिने वा बयान गराउने
  • साक्षी बुझ्ने वा वकपत्र गराउने
  • कुनै लिखत वा कागजात पेश गर्न आदेश दिने
  • कुनै सरकारी वा सार्वजनिक कार्यालय वा अदालतबाट (अदालतको हकमा पूर्व अनुमति लिएर) कुनै लिखत वा त्यसको नक्कल झिकाउने
  • प्रमाण बुझ्ने
  • स्थलगत निरीक्षण गर्ने गराउने वा दशी प्रमाण पेश गर्न आदेश दिने
  • आयोगले कानून वमोजिम छानविन गर्दा प्रचलित कानून वमोजिम अदालतलाई भए सरहको अधिकार प्रयोग गर्न सक्ने ।