कार्य सम्पादन प्रकृयाहरु

प्रकाशित मिति : २०२२-०३-२४ ०२:४१:५७

  • सशस्त्र द्वन्द्वका पीडित र सरोकारवाला लगायतहरू बाट आयोग समक्ष बेपत्ता पारिएका व्यक्तिको छानबिन तथा सत्य निरूपण तथा मेलमिलाप आयोग ऐन, २०७१ को तेस्रो संशोधनको दफा १३ को उपदफा (६क) र (६ख) को व्यवस्था बमोजिम आयोगले उजुरी माग गरेको समयावधि भित्र उजुरी प्राप्त गर्ने  ।
  • प्राप्त उजुरी, निवेदन वा अन्य कुनै स्रोतबाट प्राप्त जानकारी सूचीकृत (दर्ता) गरी (विद्युतीय स्वरुपमा समेत) अभिलेखवद्ध गरी राख्‍ने ।
  • प्रारम्भिक छानविन गर्ने, गराउने ।
  • कानून वमोजिम तामेली सम्बन्धी निर्णय गर्ने ।
  • विस्तृत अनुसन्धानका क्रममा कुनै व्यक्तिलाई आयोगसमक्ष उपस्थित गराई जानकारी लिने वा बयान गराउने
  • साक्षी बुझ्ने वा वकपत्र गराउने
  • कुनै लिखत वा कागजात पेश गर्न आदेश दिने
  • कुनै सरकारी वा सार्वजनिक कार्यालय वा अदालतबाट (अदालतको हकमा पूर्व अनुमति लिएर) कुनै लिखत वा त्यसको नक्कल झिकाउने
  • प्रमाण बुझ्ने
  • स्थलगत निरीक्षण गर्ने गराउने वा दशी प्रमाण पेश गर्न आदेश दिने
  • आयोगले कानून वमोजिम छानविन गर्दा प्रचलित कानून वमोजिम अदालतलाई भए सरहको अधिकार प्रयोग गर्न सक्ने ।