Invert Color A- A A+ न्युन व्यान्डविथ Print English आज मिति : २०८२ बैशाख ०७ गते

सत्य निरुपण तथा मेलमिलाप आयोग, नेपाल

TRUTH AND RECONCILIATION COMMISSION, NEPAL

मुकामको स्थापना

प्रकाशित मिति : 2022-03-24 02:43:38

सत्य निरुपण तथा मेलमिलाप आयोग नियमावली, 2072 को नियम 23 वमोजिम उजुरी छानविनको सिलसिलामा नेपालभरका जुनसुकै कार्यालयमा आयोगको मुकाम खडा गर्न सक्ने व्यवस्था भए अनुसार आयोगको कार्य सहज ढंगले सम्पन्न गर्न र द्वन्द्व पीडितको सुविधाका लागि आयोगले सातै प्रदेशमा एक एक वटा मुकाम कार्यालय स्थापना गरेको छ ।

मुकामको स्वरुपको हकमा उच्च सरकारी वकिल कार्यालयका सहन्यायाधिवक्ताको संयोजकत्वमा थप दुई जना विज्ञ सहितको कार्य टोली गठन भएको छ । उक्त मुकामहरुमा सो प्रदेशभित्रका विभिन्न जिल्लाका उजुरी तथा निवेदनउपर प्रारम्भिक छानविन गरी सिफारिस प्रतिवेदन पेश गर्न आयोगबाट उजुरी निवेदन पठाइएको छ । आयोगबाट प्राप्त उजुरी निवेदन सम्बन्धित मुकामबाट प्रारम्भिक छानविनको कार्य गरी सिफारिस सहित केही उजुरी निवेदनहरु आयोगमा फिर्ता प्राप्त हुन आएका छन् ।

मुकामको काम कारवाहीको अनुगमन गर्न आयोगबाट सदस्यहरुलाई मुकामको अनुगमन अधिकारी समेत तोकिएको छ ।