पीडित परिचयपत्र वितरण कार्य शुरु

पीडित परिचयपत्र वितरण कार्य शुरु

सत्य निरुपण तथा मेलमिलाप आयोगले पीडित परिचयपत्र वितरण कार्य शुरुभारम्भ गरेको छ । मिति २०७७ माघ १५ गते कर्णाली प्रदेशको सुर्खेत जिल्लाको वीरेन्द्रनगरमा कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको प्रमुख आतिथ्यता तथा प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वाला, आयोगका अध्यक्ष गणेश दत्त भट्ट, सदस्य मन दाहाल, आयोगका सचिव उदय राज सापकोटा, वीरेन्द्रनगर नगरपालिकाको उपमेयर मोहनमाया भण्डारी (ढकाल) समेतको समुपस्थितिमा एक कार्यक्रम आयोजना गरी पीडितहरुलाई परिचय पत्र वितरण गरिएको हो ।