PUBLIC member

श्री लिला उदासी खनाल [सदस्य]

श्री लीला उदासी खनाल सत्य निरुपण तथा मेलमिलाप आयोगका सदस्य हुनुहुन्छ । उहाँ वरिष्ठ अधिवक्ता हुनुका साथै नेपाल कानून आयोगको पूर्व सदस्य समेत हुनुहुन्छ । विस्तृत विवरणको लागि अंग्रेजी वेभपेज हेर्नुहोला ।

श्री श्रीकृष्ण सुवेदी [सदस्य]

श्री श्रीकृष्ण सुवेदी सत्य निरुपण तथा मेलमिलाप आयोगका सदस्य हुनुहुन्छ । यस आयोगको सदस्यमा नियुक्ति हुनु भन्दा अगाडि उहाँ सार्वजनिक सरोकार वकालत केन्द्र नेपालको अध्यक्ष हुनुहुन्थ्यो । विस्तृत विवरणको लागि अंग्रेजी वेभपेज हेर्नुहोला ।

डा. माधवी भट्ट पराजुली [सदस्य]

डा. माधवी भट्ट सत्य निरुपण तथा मेलमिलाप आयोगका सदस्य हुनुहुन्छ । उहाँले दक्षिण कोरियाको इह्वा महिला विश्वविद्यालयबाट समाजशास्त्रमा विद्यावारिधी गर्नु भएको छ । विस्तृत विवरणको लागि अंग्रेजी वेभपेज हेर्नुहोला ।

श्री मञ्चला कुमारी झा [सदस्य]

श्री मञ्चला कुमारी झा सत्य निरुपण तथा मेलमिलाप आयोगका सदस्य हुनुहुन्छ । यस आयोगको सदस्य नियुक्ति हुनु भन्दा अगाडि उहाँले राष्ट्रिय दैनिकहरुमा स्वतन्त्र लेखकको रुपमा निरन्तर कलम चलाई रहनु भएको थियो र त्रिभुवन विश्वविद्यालयमा प्राध्यापन समेत गदै आउनु भएको थियो । विस्तृत विवरणको लागि अंग्रेजी वेभपेज हेर्नुहोला ।

श्री रमेश ढकाल [सचिव]

श्री रमेश ढकालज्यू हालै नेपाल सरकारको निर्णयानुसार सचिव पदमा नियुक्त हुनुभएको हो । उहाँ मिति २०७५ असोज २१ गतेदेखि सत्यनिरुपण तथा मेलमिलाप आयोगमा कार्यरत हुनुहुन्छ ।