सोधिने प्रश्नहरु

आयोगको प्रतिबेदनमा उल्लिखित सिफारिस कार्यान्वयन भए नभएको अनुगमन गर्ने कार्य राष्ट्रिय मानब अधिकार आयोगले गर्छ ।

पीडक वा पीडितले मेलमिलापको लागि आयोग समक्ष निवेदन दिएमा ऐन बमोजिम आयोगले पीडक र पीडित बीच एक आपसमा मेलमिलाप गराउन सक्छ । पीडक र पीडित बीच मेलमिलाप गराउँदा आयोगले पीडकलाई निजले गरेको गलत कामको पश्चाताप गर्न लगाई पीडितसँग माफी माग्न लगाउनुका साथै पीडितलाई हुन गएको क्षति वापत मनासिव क्षतिपूर्ति पीडकद्वारा उपलब्ध गराउन लगाउन समेत सक्छ ।

मेलमिलाप गराउने सम्बन्धमा पीडक र पीडितलाई उत्प्रेरित गर्नको लागि आयोगले देहायको काम गर्न वा गराउन सक्छः–

(क) सशस्त्र द्वन्दग्रस्त ठाउँमा पीडक, पीडित तथा निजका परिवारलाई सम्मिलित गराई मेलमिलाप समारोह आयोजना गर्न,

(ख) पीडक, पीडित तथा निजका परिवारको संलग्नतामा सशस्त्र द्वन्दको क्रममा मरेका व्यक्तिको सम्झना स्वरुप प्रतिमा वा सार्वजनिक स्थल निर्माण गर्न वा स्तम्भ खडा गर्न लगाउन,

(ग) मेलमिलाप सम्बन्धी विभिन्न लेख, रचना, निबन्ध, गीत, चित्र आदि प्रकाशन गर्न,

(घ) सामाजिक तथा सामुदायिक सद्भाव बढाउन,

आयोगले अनुसन्धान गरी गरेको सिफारिसका आधारमा नेपाल सरकारले पीडितलाई परिपूरणको ब्यवस्था गर्छ ।

आफूलाई परेको पीडा तथा हानी नोक्सानीको विवरण खुलाई  सो कुरा पुष्टी हुने उपलब्ध भए सम्मका प्रमाण कागजातहरु संलग्न राखी उजुरी दिनुपर्छ ।

उजुरीकर्ता वा साक्षीले उजुरी दिंदा वा बकपत्र गर्दा आफ्नो सुरक्षामा खतरा हुने देखेमा निजको नाम गोप्य राख्नका लागि आयोगलाई अनुरोध गर्न  सक्छ ।

त्यसरी नाम गोप्य राख्न अनुरोध भएकोमा आयोगले त्यस्तो ब्यक्तिको नाम गोप्य राख्ने ब्यवस्था गर्न सक्छ ।

त्यस्तो उजुरीकर्ता वा साक्षीले आफ्नो सुरक्षाको लागि आयोगमा निबेदन दिनु पर्छ र आयोगले त्यस्तो ब्यक्तिको सुरक्षाको लागि उचित ब्यवस्था  गर्छ ।

पीडित आफैले वा निजको तर्फबाट कसैले उजुरी गर्न सक्छ ।

मानवलाई मानवीय मूल्य र मर्यादाका साथ मानव भएर बाँच्नका लागि नभई नहुने न्यूनतम आधारभूत अधिकारहरुको संग्रह नै मानव अधिकार हो ।

नेपालको अन्तरिम संविधान २०६३ को भाग ३ मा मानव अधिकारहरुलाई  मौलिक हकको रुपमा ब्यवस्था गरिएको छ ।

पीडितको परिवारमा पीडितको पति, पत्नी, छोरा, छोरी, बाबु, आमा, सासु, ससुरा, बाजे, बज्यै, नाति, नातिनी वा सगोलको दाजु भाई वा दिदी बहिनी पर्छन् ।

पीडित भन्नाले सशस्त्र द्वन्दको क्रममा भएका मानव अधिकारको गम्भीर उल्लङ्घनको परिणाम स्वरुप मृत्यु भएको, वा शारीरिक, मानसिक, यौनजन्य वा आर्थिक रुपमा हानि नोक्सानी पुगेको वा थुनामा रहेको व्यक्ति तथा निजको परिवारको सदस्य समेतलाई बुझिन्छ  । साथै, सो शब्दले मानव अधिकारको गम्भीर उल्लङ्घनको परिणाम स्वरुप मानवीय, सामाजिक वा सामुदायिक रुपमा गम्भीर प्रतिकूल असर पुग्न गएको समुदाय समेतलाई जनाउँछ ।


Faced a Problem?

We will gladly help you!